मलाई समेत ढाँटेर महराले झन ठुलो गल्ति गरे : नेकपा अध्यक्ष प्रचण्ड

काठमाडौं नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष एवं पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले पुर्वसभामुख कृष्णबहादुर महराले यस्तो गम्भीर गल्ति गर्दा पनि आफुलाई केहि जानकारी नगराएको बताएका छन्। दाङको घोराहीमा बुधबार आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

अध्यक्ष प्रचण्डले महराले अनैतिक कार्य गरेकोले उनीमाथि उचित कानुनी कारबाही हुने भन्दै महराले गरेको गल्ती गम्भीर भएको भन्दै गम्भीर गल्ती गर्दा नेतृत्वलाई समेत ढाटेर थप गल्ती गरेको बताए।

महरा डिल्लीबजार कारागार चलान भएका छन्। काठमाडौं जिल्ला अदालतको आदेशपछि अदालतबाटै महरालाई प्रहरीको भ्यानमा राखेर डिल्लीबजार लगिँदैछ। जेल चलान भएपछि महराकाे सांसद पद स्वत: निलम्बन भएकाे छ। काठमाडौं जिल्ला अदालतका न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले महरालाई पुर्पक्षका लागि थुनामै राखेर कानूनी कारबाही अघि बढाउन आदेश दिएको हो।

महरामाथि जबरजस्ती करणीको आरोप लगाएकी संसद सचिवालयकी कर्मचारी रोशनी शाहीले असोज १८ गते शनिबार महानगरीय प्रहरी वृत्त बानेश्वरमा जाहेरी दिएकी थिइन्।महरालाई असोज १९ गते आइतबार साँझ ६ बजे सभामुखको सरकारी निवास बालुवाटारबाट पक्राउ गरिएको थियो।


ताजा खबर