इन्डोनेसियाले जैविक इन्धन (बायोभ्टुर जे २.४) को प्रयोग गरी मध्यम दुरीको जुम्ल्याहा इन्जिन भएको विमानको सफलतापूर्वक उडान परीक्षण गरेको छ ।
बायोभ्टुर जे २.४ एक मिश्रित इन्धन हो जुन २।४ प्रतिशत परिष्कृत पाम तेलबाट बनेको हुन्छ ।
उक्त परीक्षण उडानका क्रममा ऊर्जा तथा खनिज स्रोत मन्त्री अरिफिन तस्रिफले आफूहरूले नयाँ इतिहास रच्न लागेको र त्यो समयको पर्खाइमा रहेको बताउनुभएको छ ।
उहाँका अनुसार पाम तेलमा आधारित बायोडीजल मिश्रण इन्धन भू-यातायातमा प्रयोग गरिएको छ अब त्यसलाई हवाई यातायातमा पनि प्रयोग गरिनेछ ।
उडान परीक्षण १०,००० र १,६००० फिट को उचाइ मा उडान गर्ने विमानसँगै गरिएको थियो। उक्त परीक्षणबाट जेट A1 ईन्धन र J 2.4 को उपयोग गर्ने विमान र यसमा समानता पाइएको छ। यातायातमन्त्री बुडी कार्यासुमादी यो परीक्षणको सफलता देशभित्रको मात्र नभएर अन्तर्राष्ट्रिय रूपमै भएको बताउनुभएको छ। –रासस