उपनिर्वाचनको सबै नतिजा सार्वजनिक : नेकपा ३० स्थानमा र नेका १३ स्थानमा विजयी

काठमाडौँ । प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको ५२ पदका लागि शनिबार भएको उपनिर्वाचनको सबै नतिजा सार्वजनिक भएको छ । निर्वाचन आयोगका अनुसार उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले ३० स्थानमा विजय हासिल गरेको छ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले १३ स्थानमा चुनाव जितेको छ । समाजवादी पार्टी नेपालले चार र राष्ट्रिय जनता पार्टी (राजपा) ले तीन स्थानमा विजयी हासिल गरेका छन् भने एक स्वतन्त्र उम्मेदवारले पनि उपनिर्वाचनमा बाजी मार्न सफल भएका छन् ।
No photo description available.

नेकपाले एक प्रतिनिधिसभा सदस्य, एक प्रदेशसभा सदस्य, तीन गाउँपालिका अध्यक्ष, एक उपाध्यक्ष, २४ वडाध्यक्ष पद जितेको छ । नेपाली कांग्रेसले भने प्रदेशसभा सदस्य एक, उपमहानगर प्रमुख एक र ११ वडाध्यक्ष पदमा विजयी हासिल गरेको हो ।

समाजवादीका उम्मेदवारले चार र राष्ट्रिय जनता पार्टीका उम्मेदवारले तीन वडाध्यक्ष पदको नतिजा आफनो पक्षमा पार्न सफल भए । नेकपाको सहयोगमा राष्ट्रिय जनमोर्चाले बागलुङमा प्रदेशसभा सदस्य एक पद जितेको छ भने एकजना स्वतन्त्र उम्मेदवार प्यूठानमा वडाध्यक्षमा विजयी भएका हुन् ।

No photo description available.

प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको उपनिर्वाचनको मतपरिणाम सार्वजनिक भएसँगै विभिन्न कारणले रिक्त भएका ५२ पदमा अव नयाँ जनप्रतिनिधिको प्रवेश भएको छ । सिट सङ्ख्याका आधारमा उपनिर्वाचनको परिणामले राष्ट्रिय राजनीतिमा खासै असर नगरे पनि जनप्रतिनिधि छनोटको आधारमा भने केही फेरबदल भएको छ ।

अघिल्लो निर्वाचनजस्तै धेरै क्षेत्रमा पुरानै दलका प्रतिनिधि चयन भए पनि कतिपय स्थानमा भने एक दलका उम्मेदवारले अर्कोलाई विस्थापित गरेका छन् । प्रतिनिधिसभा कास्की क्षेत्र नं–२ मा नेकपाले जित दोहो¥याएको छ भने कांग्रेसले प्रदेशसभामा भक्तपुरबाट सिट सङ्ख्या बढाएको छ ।

No photo description available.

बागलुङको प्रदेशसभा सदस्यमा नेकपा समर्थित राष्ट्रिय जनमोर्चाले जितेको छ भने स्थानीय तहतर्फ सुनसरीको धरान उपमहानगरपालिका प्रमुख जितेर कांग्रेसले प्रमुखको सङ्ख्या बढाएको छ । नेकपाले प्रतिनिधिसभासहित दाङको प्रदेशसभा र उपनिर्वाचन भएका तीनवटै गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष जितेको छ । उपनिर्वाचनबाट सात महिला, सात मधेशी, १८ आदिवासी जनजाति र एक अल्पसङ्ख्यकको चयन भएको छ ।

                                       प्रेस विज्ञप्‍ति

उपनिर्वाचनको अन्तिम परिणाम ।

काठमाडौं, मंसिर १६गते

संवत् २०७६ साल मंसिर १४ गते सम्पन्न भएको प्रतिनिधि सभा, प्रदेश सभा तथा स्थानीय तहका सदस्यको उपनिर्वाचनको मतगणना कार्य सम्पन्‍न भएको छ । उपनिर्वाचनको अन्तिम परिणाम देहाय बमोजिम रहेको छ ।

(क) प्रतिनिधि सभा सदस्यको निर्वाचन परिणाम

सि.नं.जिल्लाप्रतिनिधि सभा सदस्यनिर्वाचित उम्मेदवारको
नाम थरप्राप्त मतराजनीतिक दल
1.कास्कीनिर्वाचन क्षेत्र नं २विद्या भट्टरार्इ२४३९४नेपाल कम्युनिष्ट पार्टी (नेकपा)

(ख) प्रदेश सभा सदस्यको निर्वाचन परिणाम

सि.नं.जिल्लाप्रदेश सभा सदस्यनिर्वाचित उम्मेदवारको
नाम थरप्राप्त मतराजनीतिक दल
1.भक्तपुरनिर्वाचन क्षेत्र नं १ (१)कृष्णलाल भडेल१३४४९नेपाली काँग्रेस
२.बागलुङनिर्वाचन क्षेत्र नं २(२)खिमविक्रम शाही११२३५राष्ट्रिय जनमोर्चा
३.दाङनिर्वाचन क्षेत्र नं ३ (२)विमला कुमारी खत्री२४२८६नेपाल कम्युनिष्ट पार्टी (नेकपा)

(ग) स्थानीय तह उपमहानगरपालिका प्रमुखको निर्वाचन परिणाम

सि.नं.जिल्लास्थानीय तहको नामपदवडा नं.निर्वाचित उम्मेदवारको
नाम थरप्राप्त मतराजनीतिक दल
१सुनसरीधरान उ.म.न.पा.प्रमुख–तिलक राई26709नेपाली काँग्रेस

(घ) स्थानीय तहका गाउँपालिका अध्यक्षको निर्वाचन परिणाम

सि.नं.जिल्लास्थानीय तहको नामपदवडा नं.निर्वाचित उम्मेदवारको
नाम थरप्राप्त मतराजनीतिक दल
१पाँचथरफाल्गुनन्द गा.पा.अध्यक्ष–विर बहादुर कुरुम्वाङ५३६९नेपाल कम्युनिष्ट पार्टी (नेकपा)
२संखुवासभामकालु गा.पा.अध्यक्ष–तेज बहादुर पोख्रेल३०१८नेपाल कम्युनिष्ट पार्टी (नेकपा)
३महोत्तरीपिपरा गा.पा.अध्यक्ष–विक्रम चौधरी३२४९नेपाल कम्युनिष्ट पार्टी (नेकपा)

(ङ) स्थानीय तहका गाउँपालिका उपाध्यक्षको निर्वाचन परिणाम

सि.नं.जिल्लास्थानीय तहको नामपदवडा नं.निर्वाचित उम्मेदवारको
नाम थरप्राप्त मतराजनीतिक दल
१हुम्लाखार्पुनाथ गा.पा.उपाध्यक्ष–रुपा शाही१४५४नेपाल कम्युनिष्ट पार्टी (नेकपा)

(ग) स्थानीय तहका वडा अध्यक्षको निर्वाचन परिणाम

सि.नं.जिल्लास्थानीय तहको नामपदवडा नं.निर्वाचित उम्मेदवारको
नाम थरप्राप्त मतराजनीतिक दल
१पाँचथरफिदिम न.पा.वडा अध्यक्ष१गजा धर भटराई1446नेपाल कम्युनिष्ट पार्टी (नेकपा)
२पाँचथरहिलिहाङ्ग गा.पा.वडा अध्यक्ष7तिल बिक्रम इधिङगो842नेपाली काँग्रेस
३मोरङधनपालथान गा.पा.वडा अध्यक्ष२नारायण प्रसाद साह१७०१नेपाली काँग्रेस
४सुनसरीधरान उ.म.न.पा.वडा अध्यक्ष७जीवन राज सुवेदी622नेपाल कम्युनिष्ट पार्टी (नेकपा)
५संखुवासभाखाँदवारी न.पावडा अध्यक्ष३भरत कुमार घिमिरे796नेपाल कम्युनिष्ट पार्टी (नेकपा)
६भोजपुरपौवादुङ्‍मा गा.पा.वडा अध्यक्ष१जितेन्द्र राई691नेपाल कम्युनिष्ट पार्टी (नेकपा)
७खोटाङसाकेला गा.पा.वडा अध्यक्ष3शिवकला राई391नेपाल कम्युनिष्ट पार्टी (नेकपा)
८सप्तरीछिन्नमस्ता गा.पा.वडा अध्यक्ष7प्रमिला देवी यादव540राष्ट्रिय जनता पार्टी नेपाल
९सिरहाकल्याणपुर न.पा.वडा अध्यक्ष12दिलिप कुमार यादव825नेपाल कम्युनिष्ट पार्टी (नेकपा)
१०महोत्तरीवलवा न.पा.वडा अध्यक्ष2विपिन पजियार सुडी461नेपाली काँग्रेस
११महोत्तरीवलवा न.पा.वडा अध्यक्ष८रामबाबु महतो६५९समाजवादी पार्टी
१२महोत्तरीमटिहानी न.पा.वडा अध्यक्ष६राम बाबु नायक375राष्ट्रिय जनता पार्टी नेपाल
१३सर्लाहीहरिपुर्वा न.पा.वडा अध्यक्ष१श्याम बाबु राय347समाजवादी पार्टी
१४रौतहटगढीमाई न.पा.वडा अध्यक्ष2दीपेन्द्र श्रेष्ठ771नेपाली काँग्रेस
१५बाराबारागढी गा.पा.वडा अध्यक्ष१सुरेश प्रसाद चौधरी749समाजवादी पार्टी
१६पर्सासखुवा प्रसौनी गा.पा.वडा अध्यक्ष5रुपलाल कुमार यादव1031समाजवादी पार्टी
१७रामेछापउमाकुण्ड गा.पा.वडा अध्यक्ष5कुल बहादुर बस्नेत769नेपाल कम्युनिष्ट पार्टी (नेकपा)
१८सिन्धुपाल्चोकईन्द्रावती गा.पा.वडा अध्यक्ष८केदारनाथ आचार्य712नेपाल कम्युनिष्ट पार्टी (नेकपा)
१९काभ्रेपलाञ्चोकधुलिखेल न.पा.वडा अध्यक्ष२देव प्रसाद कोइराला867नेपाल कम्युनिष्ट पार्टी (नेकपा)
२०काठमाडौंदक्षिणकाली न.पा.वडा अध्यक्ष३शिवभक्ति वलामी618नेपाल कम्युनिष्ट पार्टी (नेकपा)
२१चितवनभरतपुर म.न.पा.वडा अध्यक्ष१६अमृतराज हमाल3183नेपाली काँग्रेस
२२चितवनखैरहनी न.पा.वडा अध्यक्ष4देव बहादुर बस्नेत1138नेपाली काँग्रेस
२३चितवनखैरहनी न.पा.वडा अध्यक्ष5प्रतिमा कार्की842नेपाली काँग्रेस
२४लमजुङसुन्दरबजार न.पा.वडा अध्यक्ष२नविन कुमार श्रेष्ठ989नेपाल कम्युनिष्ट पार्टी (नेकपा)
२५बागलुङबडिगाड गा.पा.वडा अध्यक्ष२ढाल प्रसाद शेरचन704नेपाल कम्युनिष्ट पार्टी (नेकपा)
२६नवलपरासी (वर्दघाटसुस्ता पूर्व)बौदीकाली गा.पा.वडा अध्यक्ष५खिम बहादुर थापा खरु मगर367नेपाल कम्युनिष्ट पार्टी (नेकपा)
२७गुल्मीरुरुक्षेत्र गा.पा.वडा अध्यक्ष6गिरी प्रसाद सिंजाली802नेपाल कम्युनिष्ट पार्टी (नेकपा)
२८कपिलवस्तुशिवराज न.पा.वडा अध्यक्ष१०मन्जु मिश्र868राष्ट्रिय जनता पार्टी नेपाल
२९अर्घाखाँचीमालारानी गा.पा.वडा अध्यक्ष3शोभाखर खनाल1159नेपाली काँग्रेस
३०प्यूठानप्यूठान न.पा.वडा अध्यक्ष२मुक्ती पोख्रेल1127नेपाल कम्युनिष्ट पार्टी (नेकपा)
३१प्यूठानऐरावती गा.पा.वडा अध्यक्ष१द्रोण प्रसाद पाण्डे६९६नेपाल कम्युनिष्ट पार्टी (नेकपा)
३२प्यूठानऐरावती गा.पा.वडा अध्यक्ष२भिमेश कुमार घर्ती मगर८५५स्वतन्त्र
३३रोल्पाथवाङ गा.पा.वडा अध्यक्ष१जनक बहादुर बुढामगर174नेपाल कम्युनिष्ट पार्टी (नेकपा)
३४दाङघोराही उ.म.न.पा.वडा अध्यक्ष16तारा बहादुर डि.सी.1218नेपाली काँग्रेस
३५बाँकेकोहलपुर न.पा.वडा अध्यक्ष६राम शरण थारु800नेपाल कम्युनिष्ट पार्टी (नेकपा)
३६सल्यानकुमाख गा.पा.वडा अध्यक्ष5धर्मे बुढाथोकी792नेपाल कम्युनिष्ट पार्टी (नेकपा)
३७बाजुरात्रिवेणी न.पा.वडा अध्यक्ष१मन राजे बुढा367नेपाल कम्युनिष्ट पार्टी (नेकपा)
३८अछाममेल्लेख गा.पा.वडा अध्यक्ष5रमेश बहादुर खडका778नेपाल कम्युनिष्ट पार्टी (नेकपा)
३९डोटीआदर्श गा.पा.वडा अध्यक्ष२राम बहादुर बोहरा668नेपाल कम्युनिष्ट पार्टी (नेकपा)
४०कञ्चनपुरपुनर्वास न.पावडा अध्यक्ष३कृष्ण बहादुर तामाङ्ग528नेपाल कम्युनिष्ट पार्टी (नेकपा)
४१बैतडीसुर्नया गा.पा.वडा अध्यक्ष१गजेन्द्र बहादुर चन्द219नेपाली काँग्रेस
४२बैतडीपुर्चौडी गा.पा.वडा अध्यक्ष4शैलेन्द्र धानुक663नेपाल कम्युनिष्ट पार्टी (नेकपा)
४३बैतडीदोगडाकेदार गा.पा.वडा अध्यक्ष4सुरेन्द्र प्रसाद भट्ट584नेपाली काँग्रेस

उपनिर्वाचनमा विजयी सम्पूर्ण सदस्यज्यूहरुलाई हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं । उपनिर्वाचनलाई सफलतापूर्वक सम्पन्‍न गर्न सहयोग पुर्‍याउनुहुने सम्पूर्णमा आयोग हार्दिक धन्यवाद व्यक्त गर्दछ ।

 

(राजकुमार श्रेष्ठ)

सहसचिव एवं प्रवक्ता
निर्वाचन आयोग र रासस

ताजा खबर