अन्तर्घातले चुनावमा हार्यौं : काङ्ग्रेस सभापति देउवा

नेपाली काँग्रेंसका सभापति तथा पूर्ब प्रधानमन्त्री शेरबहादुर देउवाले लिपुलेक र कालापानी नेपालको अभिन्न अगं भएकाले यो कुनै पनि हालतमा नेपालले छाडन् नसक्ने बताउनुभएको छ ।

उहाँले आफू प्रधानमन्त्री रहँदा लिपुलेक र कालापानी नेपालको हो भन्ने कुरामा स्पष्ट पार्दै सम्झौता नै गरेको बताउनुभयो । नेपाल प्रेस युनियन नवलप्ुर शाखाले स्थापना गरेको सुर्यभक्त पतनादेबी स्मृति राष्टिय पत्रकारिता पुरुस्कार बितरण समारोहलाई आज कावासोतीमा सम्बोधन गर्दै काग्रेंस सभापति तथा पुर्ब प्रधानमन्त्री देउवाले सो कुरा बताउनुभएको हो ।
सभापति देउवाले अहिले राष्ट्रियताको सबालमा ओली सरकार मौन बसेको भन्दै आलोचना गर्नुभयो । उहाँले बर्तमान् सरकार लिपुलेक र कालापानी को मुद्दामा मौन बसेको भन्दै आश्चर्य प्रकट गर्दै सरकारले चाँडो भन्दा चाँडो यो समस्याको हल खोज्नु पर्नेमा जोड दिनुभयो ।

काँग्रेंस सभापति देउवाले बर्तमान् सरकार अहिले मुलुकमा कम्युनिष्ट शासन लगाउने खेल भैरहेकाले संबिधानको रक्षा गर्दै लोकतन्त्रको रक्षाका लागि काँग्रेंस जिम्मेवार भएर अघि बढनु पर्ने चुनौती आएको बताउनुभएको छ ।
नेपाली काँग्रेंस का सभापति देउवाले कम्युनिष्टहरू चरित्रले नै अधिनायकबादी हुन्छन् र उनहिरूको अधिनायकबादलाई रोक्न काँग्रेसको आबश्यकता र एकता दुबै अपरिहार्य बनेको बताउनुभयो र भन्नुभयो पार्टीमा एकता नभएसम्म हामी अघि बढन् सक्दैनौ र त्यसका लागि पार्टीमा एक ढिक्का आबश्यक रहेको हुन्छ ।

सभापति देउवाले कम्युनिष्टहरु दुई पार्टी भएर पनि एक भएर चुनाब लडे तर काग्रेंस एक पार्टी भएर पनि दुई गुट भएर चुनाबमा जाँदा पार्टीको हार भएको हो र हामी आफनै कारण त्यो पनि अन्र्तघातका कारण चुनाबमा हार्न पुगेका हौं भन्नुभयो । अबको आफनो योजना पार्टीलाई एक बनाएर आगामी चुनाबमा एक नम्बरको पार्टी बनाउने रहेको पनि सभापति देउवाले स्पष्ट पार्नुभयो।

सो समारोहमा सभापति देउवाले बरिष्ठ पत्रकार तथा गोरखापत्र दैनिकका पुर्ब कार्यकारी अध्यक्ष किशोर नेपाललाई यस बर्षको सूर्यभक्त पतनादेबी स्मृति राष्टिय पत्रकारिता पुरुस्कार २०७६ बाट रु २५,१२५।नगद सहित दोसल्ला र ताम्रपत्रद्धारा सम्मान गर्नुभएको थियो ।

रासस


ताजा खबर