भुटानलाई हराउँदै नेपालले १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत पुरुष फुटबलको स्वर्ण नेपालले जितेको छ । साग फुटबलमा नेपालको यो लगातार दोस्रो पटक उपाधि हो भने समग्रमा चौथो ।
मंगलबार भएको फाइनल भिडन्तमा नेपालले भुटानलाई २-१ गोल अन्तरले हराएको हो ।
दोस्रो हापकाे ५३ औं मिनेटमा सुनिल बलले दोस्रो गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए ।
नेपालको यो विजयसँगै नेपालको स्वर्ण पदकको संख्या ५१ पुगेको छ ।
रासस