१३५ औं अन्तर्रांष्ट्रिय मजदुर दिवस ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि. मा पनि विशेष कार्यक्रम आयोजना गरि मनाइयो ।
कार्यक्रममा अस्पतालमा २५ वर्ष सेवा अवधि पूरा गर्नु भएका कर्मचारीहरुलाई सम्मान तथा कदरपत्र प्रदान गरिनुका साथै ॐ हस्पिटल प्रशासन र कर्मचारी युनियन द्वारा संयुक्त रुपमा प्रकाशित स्मारिकाको चौंथो संस्करण ‘स्मारिका २०८१‘ विमोचन गरियो ।
कार्यक्रमलाई ॐ हस्पिटल संंचालक समितिका अध्यक्ष डा. आनन्द प्रसाद श्रेष्ठ, ॐ हस्पिटलका निवर्तमान प्रवन्ध संचालक बाबुकाजी कार्की, ॐ हस्पिटलका प्रमुख कार्यकारी अधिकृत यम बहादुर महत, मेडिकल डाइरेक्टर डा. हरिश जोशी, सिनियर कन्सल्ट्यान्ट फिजिसियन डा. विश्वनाथ कोइराला, ॐ हस्पिटल कर्मचारी युनियनका अध्यक्ष केशव प्रसाद चौंलागाईले सम्बोधन गर्नु भएको थियो ।
डिलक्स वार्डमा कार्यरत नर्सहरु श्री कर्माचार्य र सरस्वती हिङमाङ परियारले सञ्चलन गर्नुभएको कार्यक्रमको अन्तमा ॐ हस्पिटलका कर्मचारीहरुले विविध सांस्कृतीक कार्यक्रमहरु समेत प्रस्तुत गर्नु भएको थियो ।
ॐ हस्पिटल कर्मचारी युनियनको आयोजनामा भएको कार्यक्रममा अस्पतालमा कार्यरत कर्मचारी तथा चिकित्साकर्मीहरुको उल्लेख्य सहभागिता रहेको थियो । सफल नेपाल