राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि ११ वटा राजनीतिक दलहरुलाई निर्वाचन चिह्न प्रदान

निर्वाचन आयोगले आगामी माघ ९ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आयोगमा दर्ता भएका राजनीतिक दलहरुलाई निर्वाचन चिह्न प्रदान गरेको छ ।

निर्वाचन आयोगको मंगलबारको बैठकले राष्ट्रिय सभा सदस्य निर्वाचन प्रयोजनका लागि आयोगमा दर्ता भएका ११ वटा राजनीतिक दलहरुलाई निर्वाचन चिह्न प्रदान गरेको आयोगका प्रवक्ता गिरिजा शर्माले जानकारी दिनुभयो ।

यसैगरी आयोगले न्याय परिषद्को परामर्शमा ७ वटै प्रदेशमा मुख्य अदालत रहेका जिल्लाका जिल्ला न्यायाधीशलाई सम्बन्धित प्रदेशको निर्वाचन अधिकृतमा नियुक्त गरेको छ । – सफल नेपाल


ताजा खबर