प्रतिनिधि सभाको बैठक स्थगित:अर्को बैठक बुधबार बस्ने

शुक्रबारको प्रतिनिधिसभा बैठक स्थगित भएको छ । प्रतिनिधिसभाको शुक्रबार बस्ने भनिएको बैठक पुस १६ गते दिउँसो १ः०० बजेलाई सरेको छ ।

शुक्रबार संसद सचिवालयले सूचना टाँस गरि बैठक आगामी पुस १६ गते बुधबार दिउँसो १ः०० बस्ने जानकारी दिएको छ । संघीय संसदको महासचिव मनोहरप्रसाद भट्टराइले हस्ताक्षर गरेको सूचनामा शुक्रबार बस्ने भनिएको बैठक विशेष कारणले बस्न नसक्ने भएकाले नेपालको संविधानको धारा ९१ को उपधारा (४) बमोजिम प्रतिनिधी सभाको अध्यक्षता गर्नुहुने उपसभामुखले अर्काे बैठक आगामी बुधबार बस्ने सूचना टाँस गरिएको छ ।


ताजा खबर