सभामुखको निर्वाचन माघ १२ गते हुने

प्रतिनिधिसभाको सभामुख पदको निर्वाचन यही माघ १२ गते हुने भएको छ ।

प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा सभामुखको हैसियतमा रहनुभएका ज्येष्ठ सदस्य महन्थ ठाकुरले सभामुखको निर्वाचनबारे जानकारी गराउनुभयो ।

उहाँले सभामुखको निर्वाचन कार्यतालिका सार्वजनिक गर्न सङ्घीय संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईलाई निर्देशन दिनुभयो । ज्येष्ठ सदस्य ठाकुरले उपसभामुख शिवमाया तुम्बाहाङ्फेले दिनुभएको राजिनामा पढेर बैठकलाई जानकारी गराउनुभएको थियो ।

 

सङ्घीय संसद् सचिवालयले आजै सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार भोली सभामुख पदका लागि उम्मेदवारी दर्ता हुनेछ । संसद् भवनमा बिहान ११ः०० देखि २ः०० बजेसम्म उम्मेदवारी दर्ता गर्नुपर्ने छ । भोली अपराह्न २ः३० बजे उम्मेदवारको नामावली प्रकाशन गरिने छ ।

यसअघि प्रतिनिधिसभाको आजको पहिलो बैठकमा उपसभामुख डा. शिवमाया तुम्वाहाङ्फेले पदबाट राजीनामा दिएको घोषणा गर्नु भएको थियो ।

बैठकलाई सम्बोधन गर्नुहुदै उपसभामुख डा. तुम्वाहाङ्फेले  जननिर्वाचित संस्थालाई लामो समयसम्म अन्यौलमा राख्न नहुने निष्कर्षका साथ आफूले मार्ग प्रशस्त गरेको स्पष्ट गर्नुभयो । -रासस


ताजा खबर