बाग्मती प्रदेश सरकारले प्रदेशभरि विद्युतीय बस सञ्चालनमा ल्याउने तयारी गरेको छ । सोमबार प्रदेश सरकार ,काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका, भरतपुर महानगरपालिका तथा टोखा नगरपलिकाका नगर प्रमुखबिच हेटौँडा सहमतिसँगै योजना अगाडि बढ्ने भएको हो ।
प्रदेश सरकार र स्थानीय तहबीछ बाग्मती प्रदेश सरकारले अगाडि बढाउने विकास योजनामा प्रदेशका सबै स्थानीय तहलाई सहभागी गराइने र स्थानीय तहले पनि सक्दो लगानी गर्ने सहमति भएको हो । बाग्मती प्रदेशको राजधानी हेटौँडामा प्रदेश सरकार र स्थानीय सरकारबीच भएको बैठकले सो सहमति गरेको थियो ।
बैठकमा बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, प्रदेशसभा सदस्य दीपक निरौला, काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन, भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहाल, टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी विद्युतीय बस चलाउन सहमत भएका हुन् । -रासस