५५ औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसमा प्रधानमन्त्री ओलीकाे शुभकामना

प्रधानमन्त्री केपी शर्मा ओलीले दलित भएकै कारणले विविधखाले हिंसाको शिकार बन्नुपर्ने अवस्था आधुनिक सभ्यता र लोकतान्त्रिक शासन व्यवस्थालाई नै नसुहाउने बताउनुभएको छ ।

प्रधानमन्त्री ओलीले ५५ औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसको ९ मार्च २१० अवसरमा सम्पूर्ण दलित समुदाय तथा देशवासीमा शुभकामना व्यक्त गर्नुहुँदै सो धारणा व्यक्त गर्नुभएको हो ।

उहाँले सन्देशमा २१ औं शताब्दीमा समेत विविध स्वरुपमा मानवबीच विभेद कायमै रहनु विडम्बना नै हो भन्नुभएको छ ।

उहाँले उहाँले साँस्कृतिक रुपान्तरणका माध्यमबाट मानव अधिकारको प्रबद्र्धन एवं सम्बद्र्धनका लागि सरकार दृढताकासाथ अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

उहाँले नेपालको एकीकरण र राजनीतिक परिवर्तनमा नेपाली दलित समुदायले गरेको बलिदानीपूर्ण भूमिकाको उच्च प्रसंसा गर्नुभयो ।

उहाँले सामन्तवादको अवशेषको रुपमा रहेको जातीय भेदभाव तथा छुवाछुतलाई अन्त्य गर्न संविधानको प्रस्तावनामा व्यवस्था गरिएको चर्चा गर्नुभएको छ ।

उहाँले नीति तथा कार्यक्रम मार्फते दलित समुदायलाई राज्यको मूल प्रवाहमा ल्याउने र आत्मसम्मानका साथ बाँच्न पाउने आधार तयार गर्दै न्यायमा पहुँच पु¥याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।


ताजा खबर