चौंथो कोरोना संक्रमित पुष्टि : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय (भिडियो सहित)

कोरोना भाइरस (कोभिडा१९) को चौथो संक्रमित भेटिएका छन ।

कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारका लागि भर्ना भएका ३४ वर्षीय पुरुषमा आज कोरोना सङ्क्रमण भेटिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा विकाश देवकोटाले जानकारी दिनुभयो ।

सङ्क्रमित व्यक्ति दुबईबाट आएर यही चैत ११ सो अस्पतालमा भर्ना भएका थिए । योसँगै नेपालमा कोभिड–१९ बाट सङ्क्रमितको सङ्ख्या चार पुगेको छ ।

तीमध्ये एक जना उपचारपछि घर फर्किसकेका छन् भने दुई जनाको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग नियन्त्रण अस्पतालमा उपचार भइरहेको छ ।


ताजा खबर