बेल्जियमबाट नेपाल आएकी बागलुङकी एक युवतीमा कोरोना भाइरस (कोभिड(१९) संक्रमण पुष्टि भएको छ । युरोपबाट फर्किएकी १९ वर्षीया युवतीमा संक्रमण पुष्टि भएको हो । चैत ४ गते फ्रान्सबाट फर्किएकी कोरोना भाइरस संक्रमित युवती चढेका विमानमा ती महिला पनि आएकी थिइन् । साे कुराकाे जानकारी स्वास्थय तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा गराइएकाे हाे । यससँगै कोभिड–१९ सङ्क्रमित नेपाली पाँच जना पुगेका छन् ।
यसअघि १९ वर्षीया युवतीमा कोरोना भाइरसको संक्रमण भएको १० चैतमा पुष्टि भएको थियो । नेपाल पुगेको चारदिनपछि नै बागलुङकी ती युवती विरामी परेर अस्पताल जाँदा प्राविधिक कारणले नमूना संकलन गर्न नसकिएकाले घरमै बस्दै आएकी थिइन । केही दिनअघि मात्र ती युवतीको धौलागिरी अस्पतालमा नमूना संकलन गरिएपछि पोजेटिभ आएपछि काठमाडौंमा उपचार गर्न ल्याउने तयारी भइरहेको छ ।
ती युवतीसँग बेल्जिएमबाट उहाँको बुबा र जिल्लाकी एक महिला पनि सँगै आएको बुझिएको छ । यससँगै नेपालमा कोभिड–१९ बाट संक्रमितको संख्या औपचारिक रुपमा पाँच पुगेको छ । उहाँहरू मध्ये सबैभन्दा चीनको उहानबाट फर्किनुभएका विद्यार्थी निको भएर घर गइसक्नुभएको छ, दुई जनाको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र एकको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।
यसैबीच, कोरोना भाइरस (कोभिड–१९) को आशंकामा अहिलेसम्म ८७५ जनाको परीक्षण भएको र शनिबार रातिसम्म नौ सयको परीक्षण हुने
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
रासस