लकडाउनमा रेखा थापाको सेल्फ क्वारेन्टाइन दैनिकी

अभिनेत्री रेखा थापा नेपाली चलचित्रकी ब्यस्त नायिकाहरु मध्ये एक हुन एकाएक कोभिड-१९ कोरोना भाईरसको महामारी फैलिएपछि संसरा लक डनउनको अवस्थामा छ । दुइसातादेखी नेपालमा पनि लक डाउन छ । जनजिबन ठप्प छ । चलचित्र क्षेत्रपनि यसबाट अछुतो छैन । यसै मेसोमा हामीले चलचित्र निर्मात्री तथा अभिनेतृ रेखा थापालाई भेटेर सोधेका थियौं लकडाउनमा के गर्दैं हुनुहुन्छ ?  सफल नेपाललाई उहाँको जवाफ यस्तो छ ।

कोरोना भाइरसका कारण सेल्फ क्वारेन्टाइनमा बसेकी छु । बिहान उठेर शारीरिक अभ्यास गर्छु, जुन मेरो दैनिकी नै हो । पहिलेदेखि नै विनाकाम बाहिर हिँड्ने बानी नभएकाले समय कटाउन त्यति गाह्रो लागेको छैन । परिवारसँग ग्रुप र भिडियो च्याट गरेर समय बिताइरहेकी छु । नयाँ फिल्मको स्क्रिप्ट चलिरहेको थियो, कोरोना भाइरसको त्रासका कारण काम रोकिएको छ । १ वैशाखदेखि सुटिङमा जाने योजना थियो । अब त्यो समयतालिकामा असर पर्ने भएको छ ।

प्रकृतिलाई माया गर्नुपर्ने पाठ अहिलेको संकटले पनि हामीलाई सिकाएको छ । मानवतालाई केन्द्रमा राखेर सचेत बसौँ । लकडाउनको समय हामीलाई जीवन बुझ्ने अवसर पनि हो ।

ऐतिहासिक पुस्तकहरू पढ्न रुचाउँछु । फुर्सदको समयमा युट्युबमा उपलब्ध किताबहरू सुनिरहेकी छु । हात धुने र नमस्ते गर्ने बानी पहिल्यै भएकाले आफूलाई कोरोना भाइरस सर्छ भनेर डर लागेको छैन । कोरोनाले नमस्ते संस्कारलाई प्रोत्साहन गरेको देखेर खुसी लागेको छ । लकडाउनका कारण मानिसहरूलाई एकदमै तनाव भइरहेको सुनिरहेकी छु ।

यस्तोवेलामा हतोत्साहित नहुन सबैलाई सल्लाह दिन्छु । त्यसमाथि कोरोना लागिहाल्यो भने पनि मृत्यु हुने होइन । सावधानी अपनायो भने सहजै यसको संक्रमणबाट पार पाउन सकिन्छ । त्यसैले कोही पनि आत्तिनुपर्ने अवस्था छैन । यो आफूलाई चिन्ने समय पनि हो । र, परिवारलाई समय दिने मौका हो । यस्तो अवसर पैसा तिरेर पनि फेरि विरलै पाउन सकिन्छ । त्यसैले लकडाउनका कारण पाएको यो समयलाई सकारात्मक रूपमा लिनुपर्छ ।

मानिसलाई डाइनोसरजस्तो बन्नबाट बचाउन पनि सबैले लकडाउनको नियम पालना गर्नु जरुरी छ । किनकि, कोरोना भाइरस विश्वव्यापी मानवीय संकट हो । यो संकटलाई निराशाबाट होइन, आशावादी सोचबाट जित्न सकिन्छ भन्ने लाग्छ । त्रसित नभई संयमित भएर बसौँ । वडा र गाउँ तहसम्म कोरोनाविरुद्ध अभियान चलाउनु आवश्यक छ ।

कसैलाई कोरोनाको लक्षण देखियो भने लजाएर रोग नलुकाऔँ । तत्काल उपचार गरियो भने आफू पनि बाँचिन्छ, अरूलाई पनि संक्रमित हुनबाट जोगाउन सकिन्छ । सरकारको मात्र मुख ताकेर बसेर हुँदैन । प्रकृतिलाई माया गर्नुपर्ने पाठ अहिलेको संकटले पनि हामीलाई सिकाएको छ । सफल नेपाल


ताजा खबर